के तपाईँले बोक्नुभएको सिम कार्ड आफ्नै नाम्मा छ ? छैन भने आफ्नो नाम्मा ल्याउन यसो गर्नुहोस्

सहयात्रा टिभी

काठमाडौं । माघ ०६, ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिम कार्ड आफ्नो नाममा छ या छैन थाहा पाउन सक्छन् । सिम कार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

नेपाल सरकारले परीक्षणका लागि प्रयोगमा ल्याएको नागरिक एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ । गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गरिरहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो । नेपाल टेलिकमका धेरै ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरूको नाममा रहेको सिम प्रयोग गरिरहेकाले यस्तो समस्या भोग्नु परेको छ।

अरूको नामको प्रिपेड सिम कार्ड लामो समयदेखि आफैले प्रयोग गरिरहेको खण्डमा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र फाराम भरि अद्यावधिक गर्न सकिन्छ भने विगत ६ महिनाभित्र भएका केही कलहरूको भेरिफाइ गर्नुपर्दछ । त्यसैगरी, पोस्ट पेड सिम कार्ड नामसारीका लागि सिम कार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ भने सिम कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने खण्डमा सिम कार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ ।

प्रकाशित : 19 January, 2021

प्रतिक्रिया दिनुहोस्