एमाले नेता नेपालको गाडी तोडफोड

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता नेपालको गाडी रामेछापको मन्थलीमा पार्किङ गरिराखेको अवस्थामा तोडफोड भएको हो । नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी तोडफोड भएको हो । तोडफोडमा संलग्न रहेको आरोपमा कांग्रेस कार्यकर्ता सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्