आज चन्द्रागिरी हिल्सको प्रिअलटमेन्ट , शुक्रबार भित्र बाँडफाँड
काठमाडौं । माघ ०७, चन्द्रागिरी हिल्स आईपीओको प्रिअलटमेन्ट आज बुधबार गर्दैछ भने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओको प्रिअलटमेन्ट सकेपछि अलटमेन्ट गर्ने मिति तय गर्ने बताएको छ ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर शुक्रबार भित्र बाँडफाँड हुने भएको छ । कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।
कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० जनाको आवेदन परेको छ । हालसम्म प्रप्त तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने देखिएको छ ।