आफुलाई मानवअधिकार आयोगको अध्यक्ष भन्दै १५ लाख रुपैयाँ ठगेको आरोपमा एक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ ०७, अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सुंखवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भइ काठमाडौं महानगरपालिका–७ मित्रपार्क चाबहिल बस्ने ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जनकारी दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अहिलेसम्म उनले १५ लाख रुपैयाँ ठगी गरेको छ। उनीमाथि प्रहरीले ठगी सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : 20 January, 2021

प्रतिक्रिया दिनुहोस्