८६११ मिटर उचाईमा रहेको माउन्ट केटु आरोहण गर्ने साहसी नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपतिले दिए बधाइ

सहयात्रा टिभी

काठमाडौं । माघ ०९, विश्वको पहिलो सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बधाई दिनुभएको छ ।

हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको नेपालका १० जना पर्वतारोहीले गत शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित : 22 January, 2021

प्रतिक्रिया दिनुहोस्