केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तत्कालिन राजकुमारी डायनाको निधनको २० वर्षपछि उनको बारेमा डकुमेन्ट्री सार्वजनिक

सहयात्रा टिभी

एजेन्सी । तत्कालिन बेलायती राजकुमारी डायनाको निधनको २० वर्षपछि उनको बारेमा डकुमेन्ट्री सार्वजनिक हुने भएको छ । राजकुमारी डायनाको छोरा बेलायती राजकुमारहरु विलियम र ह्यारीले आफ्नी आमा डायनाको वारेमा डकुमेन्ट्री सार्वजनिक गर्न लाग्नुभएको हो ।
सन् १९९७ मा कार दुर्घटना हुनुभन्दा केही समय अघि मात्रै विलियम र ह्यारीले आमा डायनासंग फोनमा कुराकानी गर्नुभएको थियो । डकुमेन्ट्री बेलायतमा आइटिभी र अमेरिकामा एचबिओ टिभीले गर्दैछ । राजकुमारका अनुसार ‘मैले फोनमा के कुरा भयो पुरै सम्झन त सक्दिन तर मलाई त्यो फोनवार्ता अत्यन्तै छोटो भएको मा जीवनभर पश्चाताप भैरहनेछ,’ राजकुमार ह्यारीले भन्नुभयो ।

उक्त डकुमेन्ट्री ‘डायना, आउर मदर हर लाइफ एण्ड् लिगेसी’ आइटिभीले निर्माण गरेको हो । सो डकुमेन्ट्रीमा वेल्सकी तत्कालिन राजकुमारी डायनाको जीवनका बारेमा बनेको बताईएको छ । राजकुमारी डायनाको दुर्घटनामा परी निधन भएको २० वर्षपछि डकुमेन्ट्री सार्वजनिक हुन लागेको हो ।
(डकुमेन्ट्री स्थानीय समय अनुसार बेलायतमा ९ बजे राति र अमेरिकामा १० बजे राति सार्वजनिक हुँदैछ ।)

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्