भिडियो तथा सामाग्री खोज्न सजिलो हुने गरी युट्युबको नयाँ ह्यासट्यागको फिचर
काठमाडौं । माघ १२, भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबले खोजी परिणामहरूको नयाँ प्रकार सुरू गर्दै प्रयोगकर्ताहरूलाई ह्यासट्यागले भिडियो खोज्न सहज पर्ने उद्यश्ले ह्यासट्यागको फिचर ल्याएको छ । ट्विटर र इन्स्टाग्रामले ह्यासट्याग ल्याएदेखि यो फिचर अन्य सामाजिक संजालहरुमा समेत प्रयोग हुँदै आएको छ ।
यूट्युबले पहिलो पटक सन् २०१८ मा ह्यासट्यागले खोजी गर्ने क्षमता ल्याएको थियो, तर खासै प्रभाभकारी हुन सकेन। पहिले ह्याशट्याग खोजी गर्दा ह्याशट्यागका सम्बन्धित सामाग्रीहरु आउने गर्दथ्यो भने त्यस बाहेक अन्य सामाग्री समेत देखिने गर्दथे जसलाई ह्यासट्यागले समावेश गर्दैन। गुगलले युट्युबको भिडियोहरुलाई मेटाडाटा ट्याग प्रयोग गरेर संगठित गरेको छ ।
अब कुनै भिडियोको अन्त्य वा भिडियोको सुरुवातमा रहेको ह्यासट्यागमा थिचेमा त्यस्तो खालको अरु भिडियोहरु पनि रहेको पेज खुल्ने बताईएको छ । यो फिचरलाई www.youtube.com/hashtag/yourterm टाइप गरेर पनि प्राप्त गर्न सकिन्छ । युटयुबले यो फिचरले गर्दा ट्याग भएको भिडियो मात्रै हाईलाईट गर्न थालेको छ ।