हिमालयन बैंक र ईस्टर्न एजेन्सीबीच सम्झौता

सहयात्रा टिभी

काठमाडौं । माघ १२, हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा ईस्टर्नतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् । ईन्टर्नले आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारीक विक्रेता हो । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई कम्पनीबीच सम्झौता भएको बताईएको छ ।

आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने ब्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको छ, भने ग्राहकले सर्वसुलभ ब्याजदरमा अधिकतम ५ वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपाल अधिराज्य भरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनका प्रबन्ध सन्चालक शान्तराज बतासले जानकारी दिएका छन् ।

 

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्