ऋण लगानीमा वाणिज्य बैंकको एकै महिनामा झन्डै डेढ खर्ब नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । माघ १२, वाणिज्य बैंकहरुले पुस महिनाको ऋण लगानीले नयाँ रेकर्ड बनाएको छ । बैंकले एक महिनाको अवधिमा हालसम्मकै धेरै ऋण लगानी गरेको हो । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले यो अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरेका छन् ।

यो वृद्धिसँगै वाणिज्य बैंकहरुको कुल ऋण लगानी ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यही अवधिमा बैंकहरुको निक्षेप संकलन भने ८८ अर्ब रुपैयाँ मात्रैले बढेको छ । मंसिर मसान्तमा ३६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर ३७ खर्ब ८२ अर्ब रुपैंयाँ पुगको बताईएको छ ।

गत असोज महिनामा बैंकहरुले एकै महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । अहिलेको ऋण लगानी असोज महिनाको भन्दा १२ अर्ब रुपैयाँले बढी हो । यो ऋण लगानी अनुसार बैंकहरुले एकैदिन करिब ६ अर्बको हाराहारीमा नयाँ ऋण प्रवाह गर्न थालेको देखिएको छ ।

प्रत्येक त्रैमासको अन्त्यमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भएकोले वित्तीय अवस्थालाई राम्रो बनाउने दबाब हुन्छ । अघिल्ला वर्षमा तरलताको समस्या हुने भएकोले ऋणको निक्षेप र नाफामा दबाब हुँदै आएको ट्रेन्ड परिवर्तन भएर यो वर्ष ऋण लगानीमा पुगेको छ । त्यसैले दोस्रो त्रैमासमो अन्त्यमा बैंकहरुले पेन्डिङमा रहेका ऋणहरु धमाधम स्वीकृत गरिदिएको जानकारी भएको छ ।

 

 

 

 

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्