काठमाडौं सिनामंगलस्थित मेनपावरमा छापा, २२ जनाको शंकास्पद फारम बरामद
सहयात्रा टिभी
काठमाडौं । माघ १२, पछिल्लो समय अवैध रुपमा नेपाली युवा कतार प्रहरीमा रोजगारीको लागि जाने क्रम बढे पछि बैदेशिक रोजगार विभागले अनुगमन बढाएसगै विभागले सोमबार काठमाडौं सिनामंगलस्थित म्यानपावर कम्पनी कल्याण सेक्युरिटी सर्भिसेजमा छापा मारेर २२ जनाको शंकास्पद फारम बरामद गरेको छ ।
कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको बताईएको छ । सो अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पुर्याउने काम भइरहेको विभागको आशंका छ ।विभागले गैर कानूनी रुपमा श्रमकालागि विदेश जाने कुरा अमान्य हुने भन्दै यो कदम तत्काल रोक लगाउने जनाएको छ ।