केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बंगाल सरकारले बन्द गरायो एक मात्र नेपाली एबीएन च्यानल

सहयात्रा टिभी

काठमाडौं । भारतको दार्जी्लिङमा नेपालीभाषीहरु छुट्टै गोर्खाल्यान्ड राज्य हुनुपर्छ भनि आन्दोलनमा उत्रिएको धेरै लामो समय भईसकेको छ । यस विचमा सो आन्दोलनको क्रममा धेरैले ज्यान गुमाएका पनि छन् । आन्दोलनमा उत्रिएको भन्दै टेलिभिजन च्यानल बन्द गर्ने लगायतका काम बंगाल सरकारले यसअघि पनि गरेकै थियो । तर अहिले भने भारतको दार्जी्लिङ, मिरिक, खस्र्याङसहित क्षेत्रमा जारी आन्दोलन भईरहेका बेला बंगाल सरकारले आफ्ना सुरक्षाकर्मी लगाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइट टेलिभिजन अल भारत नेपाली (एबीएन) च्यानलले गोर्खाल्यान्ड आन्दोलनका समाचारलाई प्राथमिकतासाथ प्रसारण गरेको भन्दै बन्द गराएको छ ।

सो आन्दोलनको वारेमा प्रसारण गरिरहेको एबीएनलाई सीबीआई र प्रहरीको टोलीले सिल गरेको मिरिकका पत्रकारहरुले जनाएका छन् ।

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्