स्वास्थ्यमा सुधारहुदै छ सत्यमोहन जोशीको
काठमाडौं । माघ १३, संस्कृतिविद् सत्यमोहन जोशीको अघिल्लो सातादेखि स्वास्थ्यमा समस्या सिर्जना भएपछि घरमा नै आराम गरिरहेका उनको स्वास्थ्य अहिले सामान्य रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
उनको उपचारमा खटिएकी स्टाफ नर्स पुनम भुषालले उनको स्वास्थ्य अवस्था पुरानै अवस्थामा फर्किएको जानकारी दिइन् । जोशीलाई कमजोरीका कारण खान र सुत्न असहज भएपछि उक्त समस्या भएको भन्दै भुषालले बताइन् ।
जोशी अस्वस्थ भएपछि बिहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतीले जोशी निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पाईएको छ । किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि समयसमय स्वास्थ्य टोली पठाइरहने गरेको छ ।