वाणिज्य बैङ्कहरु नाफमा

सहयात्रा टिभी

काठमाडौं । माघ १३, चारवटा वाणिज्य बैङ्कले चालू आर्थिक वर्ष (२०७७/७८) को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गरेका मध्य एउटा बाहेक ३ वटा बैङ्कले नाफा बढाएका छन् । दोस्रो त्रैमासमै अर्बपति क्लबमा उभिन कुमारी बैङ्क सफल भएको छ ।

त्यसैगरी दोस्रो त्रैमासको प्रतिवेदन सबैभन्दा पहिला प्रकाशित गरेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको खुदा नाफा भने घटेको छ । उसका अधिकांश सूचक ओरालो लागेका देखिन्छन् । उसो त सिटिजन्स बैङ्क पनि नाफामा नै देखिएको छ भने आज मात्र वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बङ्गलादेश बैङ्कको नाफामा पनि बढोत्तरी देखिएको छ ।

वित्तीय विवरण :
कुमारी बैङ्क सबैभन्दा बढी नाफा कमाउनेमा देखिएको छ । पुस मसान्तसम्म बैङ्कको नाफा ५१.४९ प्रतिशतले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष यसले ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरण योग्य नाफा ३.१९ प्रतिशतले घटेको छ ।
त्यसैगरी नेपाल बङ्गलादेश बैङ्कको नाफामा पनि बढोत्तरी छ । बैङ्कको खुद नाफा १६.५२ प्रतिशतले बढेको छ । बैङ्कले ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा बैङ्कले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको बताईएको छ ।

 

प्रकाशित : 26 January, 2021

प्रतिक्रिया दिनुहोस्