तिव्र गतिमा आईरहेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । माघ १३, चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ–५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान–९ का २० वर्षीय गौरव राईको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।