टेकु अस्पतालमा ८० वर्षीय व्यक्तिले कोरोना खोप लगाए

सहयात्रा टिभी

काठमाडौं । माघ १४, टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षका नेत्रबहादुर अमात्यले व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् ।

सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको बताईएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप दिइएको हो। भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ सो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको जानकारीमा आएको छ ।

प्रकाशित : 27 January, 2021

प्रतिक्रिया दिनुहोस्