कोरोनाविरुद्धको खोप चितवनका स्वास्थ्यकर्मीमा पनि लगाइयो

सहयात्रा टिभी

काठमाडौं । माघ १४, आजदेखि देशैभर कोभिड-१९ विरुद्धको प्रथम चरणको खोप शुरु भए संगै काठमाडौं तथा अन्य जिल्लाहरुमा पनि खोप अभियान चलिरहेको छ । आजै वाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइने कार्यक्रम रहेको छ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । यस्तै, चितवनमा पनि स्वास्थ्यकर्मीमार्फत खोप अभियान शुरु भएको हो ।

 

कोभिड -१९ विरुद्धको खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप लगाउन पाउने भएका छन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

प्रकाशित : 27 January, 2021

प्रतिक्रिया दिनुहोस्