काठमाडौंका अव्यवस्थित तारलाई व्यवस्थापन गरिदै

सहयात्रा टिभी

काठमाडौं । माघ १५, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको मुख्य सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको लागि सक्रियता जनाएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले तार व्यवस्थापनको कार्य तत्काल सुरु गर्ने निर्णय लिएको छ ।

बैठकले तार व्यवस्थापनको दीर्घकालीन योजना तयार गर्न सहायक प्रजिअ जनकराज भट्टको संयोजकत्वमा सरोकारवाला निकाय सम्मिलित एउटा समिति गठन गर्ने निर्णय पनि गरेको हो। समितिको सदस्य सचिवको जिम्मेवारी जिप्रका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत विष्णुराज बेल्वासेलाई दिइएको बताईएको छ भने न्यूरोड गेटदेखि जुद्ध सालिकसम्म नमुना तार व्यवस्थापन गर्ने कार्य तुरुन्त सुरु गर्ने निर्णय गरेको छ ।

सडकको राइट अफ वेमा रहेका अव्यवस्थित तारलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्नको लागि बुधबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल केबुल टिभी महासंघ, नेपाल इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति रहेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सो बारेमा छलफल भएको र त्यसमा प्राधिकरणका प्रतिनिधि समेत सहभागी रहेको बताए। उनकाअनुसार पाइलट कार्यक्रम गर्नको लागि कार्यदलको सिफारिसअनुसार गरिने जानकारी दिए । उनकाअनुसार यसको लागि अल्पकालिन तथा दिर्घकालिन योजना बनाईनेछ र सोहीअनुसार काम अगाडी बढ्नेछ।

प्रकाशित : 28 January, 2021

प्रतिक्रिया दिनुहोस्