वर्ल्डलिंकले नेपालको सबै प्रदेशमा कम्तिमा एउटा इन्टरनेट डाटासेन्टर (आइडिसी) निर्माण गर्ने
काठमाडौं । माघ १५, वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवा दिने र डिजिटल नेपाल निर्माण गर्न उद्देश्यले इन्टरनेट डाटासेन्टर (आइडिसी) निर्माण गर्ने घोषणा गरेको छ। ती डाटसेन्टरहरूमध्ये काठमाडौंमा सबैभन्दा ठूलो हुने जुन अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणिकरण सहितको हुनेछ। अन्य बाँकी डाटासेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ।
आगामी तीन वर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न बताएको छ। करिब तीन सय करोडको लगानी गर्ने कम्पनीले बताएको छ कम्पनीका अनुसार डाटासेन्टरले वर्ल्डलिंकको पूर्वाधार व्यस्थापन गर्छ। साथै अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र सम्पूर्ण देशलाई चाहिने सूचना प्रबिधि, दूरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ।