खानेपानी आयोजनाको बृहत् योजना

सहयात्रा टिभी

काठमाडौं । माघ १६, धेरै समयदेखि खानेपानी समस्याले पीडित रोल्पा नगरवासी बृहत् खानेपानी योजना सुरु भएसँंगै हर्षित भएका छन् । सदरमुकामसमेत रहेको नगरपालिका आसपासमा पानीको स्रोत भए पनि दशककौँ पुराना योजना र व्यवस्थापन अभावमा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएका थिए । रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीको भनाई अनुसार धेरै कठिनाइका बीच आयोजना सञ्चालन सुरु भएको र नगरपालिकाको पहलमा खानेपानी उपभोक्ता समिति र आयोजनासँंग छलफल सुरु भएको छ ।

योजनाबाट रोल्पा नगरपालिका वडा नं. १, २ र ४ का १ हजार ६० घरधुरी लाभान्वित हुनेछन् । २०७७ साउनदेखि योजनाको काम थालनी गरी आगामी पुस मसान्तमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ रोल्पा सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले भने । स्थानीय समुदायलाई ५ प्रतिशत शुल्क उठाउन सहजीकरण गर्नेलगायत विभिन्न समस्याको गाँठो नगरपालिका र वडाहरूले फुकाएका हुन् नगरप्रमुख पूर्ण केसीले बताएका छन् ।

आयोजनाले ४ वटा सम्पवयल, ८ वटा रिजरवायर ट्यांकी, कार्यालय भवन १, गार्ड हाउस ३, सार्वजनिक शौचालय १ वटा निर्माण गरिरहेको छ । आयोजनाको ट्रान्समिसन लाइन १० दशमलव ८ किलो मिटर र डिस्ट्रब्यूसन लाइन ४६ दशमलव ९६ किलोमिटर रहेको जानकारी दिएको छ ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्