साझा सेवा सहकारी संस्थाले ल्यायो इन्धन ढुवानी गर्ने ट्यांकर

सहयात्रा टिभी

काठमाडौं । माघ १६, साझा सेवा सहकारी संस्थाले पेट्रोलियम पदार्थ बोक्ने तीन वटा ट्यांकर थपेको छ। ट्यांकरको उद्धघाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालद्धारा सम्पन्न भयो । ट्यांकर थपिएसँगै पेट्रोलिय पदार्थ ढुवानी गर्न सहज हुने संस्थाको विश्वास रहेको छ।

अहिले साझा पेट्रोल पम्प काठमाडौं उपत्यकामा ४ र बनेपामा एउटा गरी ५ वटा छन् भने कम्पनीमा ५८ जना कर्मचारी छन् र वार्षिक कारोबार १ अर्ब ५० करोडभन्दा माथिको गर्दै आएको छ। साझा आयाल स्टोर बल्खुका प्रमुख निर्देशक दिवाकर श्रेष्ठले भने, ‘पहिल २ वटा थियो अहिले ३ वटा थपेर ५ वटा बनायौं र बन्द हड्ताल जस्ता आपतकालीन अवस्थामा राज्यको सेवा पुर्याउन सहज हुन्छ।’

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्