सामसुङको एस–२१ सिरिज फोन बजारमा, यस्ता छन् फिचर
सहयात्रा टिभी
काठमाडौं । माघ १९, नेपालले भर्खरै आधुनिक डिजाइन, अपग्रेडेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर भएको एस–२१ (ग्यालेक्सी एस–२१, एस–२१ प्लस र एस–२१ अल्ट्रा) सिरिज नेपाली बजारमा ल्याएको छ। आकर्षक आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, भ्वोइलेट रंग समायोजन गरिएको छ। यस सिरिजमाा सामसङको आफ्नै अत्याधुनिक प्रोसेसर एक्सिनोस २१०० को प्रयोग गरेको बताएको छ।
ग्यालेक्सी एस–२१ का फिचर :
- अत्याधुनिक चिपसेट तथा स्पिड इफिसियन्सीको समायोजन गरिएको जसले फाइभजी कनेक्शन तथा अन डिभाइस एआइलाई सपोर्ट गर्दछ। त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड, गेमिङ्ग म्याराथोन तथा भिडियो इडिट सहजै गर्न सकिन्,
- एडभान्स प्रो–ग्रेड क्यामरा र ६.८ इन्चको डिस्प्ले,
- ५ हजार एमएएच ब्याट्री जसले फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्दछ,
- १ सय ८ मेगापिक्सल वाइड, १२ मेगापिक्सल अल्ट्रा वाइड, १० मेगापिक्सल पेरिस्कोप टेलिफोटो र १० मेगापिक्सल टेलिफोटो गरी चार एआई क्यामरा,
- ८ जिबी र्याम र २५६ जिबी रोम क्षमतामा भएको यसको मूल्य १ लाख ९ हजार ९९ रूपैयाँ,