नेपाल र कतारको टी–२० सिरिज रोकियो
सहयात्रा टिभी
काठमाडौं । माघ १९, नेपाली क्रिकेट टिमले कतारमा खेल्ने भनिएको टी–२० सिरिज अन्यौलमा परेको छ । कतार क्रिकेट एसोसिएसनले फेब्रुअरी दोस्रो साता टी–२० सिरिज अयोजना गर्नुपर्ने, जसमा नेपाल र कतारबीच फ्रेबुअरी ९, १० र १२ मा खेल हुने भएको थियो ।
सिरिजका लागि नेपालले १८ खेलाडी (विनोद भण्डारी, सन्दिप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र शाहब आलम) लाई बन्द प्रशिक्षणमा बोलाएको थियो । तर बन्द प्रशिक्षण सुरु हुन सकेन । तत्काल कतारमा सिरिज नहुने सम्भावना बढेकाले प्रशिक्षण रोकिएको क्यान सचिव अशोकनाथ प्याकुरेलले बताए ।
कतार सरकारले कोरोनासम्बन्धी नयाँ प्रोटोकल बनाउन सक्ने खण्डमा सिरिज सर्न सक्ने छ ।