अष्ट्रेलियाका सम्पूर्ण नागरिकलाई कोरोना खोप दिइने
सहयात्रा टिभी
काठमाडौं । माघ १९, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइने जानकारी दिएका हुन् ।
नेसनल प्रेस क्लबमा सोमबार गरेको सम्बोधनका क्रममा उनले सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले सो कार्यक्रममा बोल्दै भने, ‘अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम छ ।’ खोपका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि बताउनु भएको छ ।