नमोबुद्ध नगरपालिकाले ल्होसारमा तीन दिन सार्वजनिक बिदा दिने

सहयात्रा टिभी

काठमाडौं । माघ २०, तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यस अन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताईएको छ ।

गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिएको पाईन्छ ।

 

 

 

 

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्