दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटना

सहयात्रा टिभी

काठमाडौं । माघ २०, दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७८९ नम्बरको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताउनु भएको छ ।

अधिकारीले दुर्घटनाका बारेमा भने, “दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको छैन । कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको उनले जनाए । मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन ।”

 

 

 

 

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्