ग्राण्डी अस्पतालद्धारा विरामीको सहजताको लागी घर–घरमा पुगेर नमूना सङ्कलन

सहयात्रा टिभी

काठमाडौं । माघ २०, काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विरामीको सहजताका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म विरामीको घर–घरमै पुगेर रगत, दिशा र पिसावको नमूना सङ्कलन कार्य सुरु गरेको छ । नमूना सङ्कलन गर्न लाग्ने खर्चभने विरामीले ई–सेवामार्फत अस्पतालको खातामा पठाउने व्यवस्था मिलाइएको छ ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त विरामीको सहजताका लागि सो को व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोगले थला परेका विरामीलाई घरमै पुगेर रगत, दिशा र पिसावको रिपोर्ट लिँदा सहज हुने भएकाले ग्राण्डी अस्पतालले उक्त व्यवस्थालाई सुरु गरेको हो”। कोभिड–१९ का कारण अस्पताल आउन नमान्ने विरामीलाई समेत उक्त कार्यले सहयोग पुग्ने अस्पतालले विश्वास रहेको छ ।

ग्राण्डीले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि उक्त विधि सुरु गरेको थियो । ‘प्लाटिलेट्स रिच फाइब्रिन’ भनेको दाँतमा लागेको चोटपटक चाँडो निको बनाउने हो । यति मात्र नभई अस्पतालले रगत अभावका कारण कोही विरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उदेश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । विस २०७३ सालमा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ ।

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्