बिल गेट्सलाई पछि पार्दै एलन मस्क, पृथ्वीको मात्र नभई अंतरिक्षको पनि सबैभन्दा धनी
काठमाडौं । माघ २२, सन २०२१ को शुरुवातमै विश्व धनाढ्य जेफ़ बोजेसलाई धनी हुने रेस मा पछाडि पार्दै एलन मस्क संसारको मात्र नभई अंतरिक्षको पनि सबैभन्दा धनी व्यक्ति बने।
बिल गेट्सले दशकौं लगाएर कमाएको सम्पतिको कुल मूल्य १२० अर्ब डालरभन्दा धेरै सम्पति एलनले सन २०२० को नौ महीने अवधिमै कमाएर धनी व्यक्ति हुने श्रेय पाएका छन् । सन २०२० को मार्चसम्म एलनको कुल सम्पतिको मूल्याङ्कन २४ अर्ब डालरको हाराहारीमा रहेको गरिएको थियो भने आज २०२१ को फेब्रुअरी ४ का दिन दिउँसो १२ बजेको समयमा उनको कुल सम्पतिको मूल्याङ्कन १८४.८ अर्ब डालर रहेको छ।
एलनको पृथ्वीमा यो साम्राज्य स्थापित हुनमा इलेक्ट्रिक कार कम्पनी टेस्ला मोटरका अतिरिक्त विभिन्न सेक्टरमा जस्तै ऑटोमोटिव, एयरोस्पेस, टेलेकम्युनिकशन्स, एनर्जी, ट्रांसपोर्टेशन, इंफ्रास्ट्रक्चर रटनलिंग,आर्टिफिसियल इंटेलिजेंस, हेल्थकेयर का क्षेत्रमा रहेका उनका कम्पनीहरुको महत्वपूर्ण योगदान रहेको पाईन्छ। एरोस्पेस क्षेत्रमा रहेको उनको अग्रणी कम्पनी ‘स्पेस एक्स’ दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमान स्थापित गर्दै गइरहेको छ। केही दिन अघि मात्रै ‘स्पेस एक्स’ ले एकै पटकमा एउटै रकेटबाट १४३ भू उपग्रह (स्याटेलाइट) प्रक्षेपित गरेर नयाँ कीर्तिमान कायम गरेको थियो।
एलन मस्क अन्तरिक्षमा आफ्नो अभियान ‘स्टारलिंक १७’ अन्तर्गत ४० हज़ार स्याटेलाइटको संजाल बनाउन चाहन्छन्। यो उनको महत्वाकांक्षी परियोजना ‘स्पेस एक्स’ को अति विशिष्ट भाग हो। उनको यस परियोजनाले पृथ्वीको इन्टरनेटको स्पीडमा अहिलेको तुलनामा हज़ारौं गुना वृद्धि हुन्छ। ‘स्पेस एक्स’ संग १२ हज़ार स्याटेलाइट स्थापित गर्ने अनुमति पहिलादेखि नै रहेको छ। थप स्याटेलाइट प्रक्षेपण गर्न एलनले संयुक्त राष्ट्रसंघको ‘इंटरनेश्नल टेलीकम्युनिकेशन यूनियन’ संग अनुमति लिनुपर्ने हुन्छ।