जानिराखौं मृत्यु अघि देखिने ६ संकेत
काठमाडौं । माघ २२, मानिसको जन्मपश्चात एक दिन मृत्यु हुन्छ यो शाश्वत सत्य हो । मृत्युसँग अधिकांश मानिस डराउने गर्छन् । मानिसले मृत्युलाई संसारको सबैभन्दा ठूलो सत्य मान्छन् ।
आफूलाई जब मृत्यु नजिक छ भन्ने थाहा हुन्छ, तब मानिसहरुलाई धेरै गर्न बाँकी भएको महसुस हुन्छ । कतिपय मानिस आफ्नो आयु थाहा हुने भए पहिले नै गर्न चाहेका र सोचको काम पूरा गर्ने सोच्छन् । तर मृत्यु भन्दा पहिले मानिसमा केही लक्षण देखिने एक अनुसन्धानले देखाएको छ । तर विज्ञानले यस्ता कुरा प्रमाणित गरेको भने छैन । यस्ता विश्वासहरुले हामीलाई सावधानी अपनाउन भने पक्कै पनि मद्दत पुग्नेछ ।
मृत्युअघि देखिने लक्षणहरु यस्ता छन् :
–खाना खाइसकेपछि देखिने संकेत
खाना खाइसकेपछि तुरुन्तै भोक लागेजस्तो अनुभव हुन्छ र जति खाएपनि भोक मेटिएको महसुस नहुनु मृत्युको संकेत हुन सक्ने भनिएको छ ।
–अरुको आँखामा हेर्दा आफ्नो छाँया नदेखिनु
आफुना अगाडि उभिएको मानिसको आँखामा आफ्नो छायाँ देख्न छोड्यो भने उसको आयु एकदम कम छ भन्ने संकेत हुन सक्छ ।
–जो व्यक्तिको शरीरबाट मृत्यु भइसकेको मानिसको झैँ गन्ध आउन थाल्छ र उसले अगरबत्ती, फुल लगायतको सुगन्ध महसुस गर्दैन, उसको आयु बढी छैन भन्ने संकेत हुन्छ । यस्तो अवस्थामा योगामा ध्यान दिनु उपयुक्त हुन्छ ।
–जुन व्यक्तिको नाक बाङ्गो हुने, कान कहिले ठाडो कहिले नुहेको हुने, जिब्रो कालो हुने, आँखाबाट पानी बगिरहने र मुख रातो हुने संकेत देखिन्छ, उसको आयु लामो छैन भन्ने संकेत हुन्छ ।
–जसले सपनामा गधामा बसेर दक्षिणतर्फ गइरहेको देख्छ उसको मृत्यु तत्काल पनि हुन सक्छ । यस्तो अवस्थामा व्यक्तिले दुवै कान बन्द गरेको अवस्थामा आफ्नै आवाज सुन्न छोड्छ ।
–जुन व्यक्तिले सपनामा दिसा र पिसाबभित्र सुन भेट्छ त्यसको आयु १० महिना मात्र हुन सक्छ ।
यस्ता लक्षणलाई विभिन्न रोग र शारीरिक अवस्थाको संकेतका रुपमा भने विज्ञानले स्वीकार गरेको भएपनि माथि उल्लेखित संकेतले मृत्यु नजिक भएको संकेत भने गर्न सक्ने देखिएको छ।