आजबाट ग्रीनलाइफको आईपीओ निष्काशन, माघ २७ सम्म आवेदन दिन सकिने

सहयात्रा टिभी

काठमाडोैं । माघ २३, ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता शुक्रबार (आज) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । उक्त कित्तामा ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी, १ लाख ७४ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएइको छ । यस्तै बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन कम्पनीले बताएको छ ।

२७ गतेसम्म आवेदन नपरेको खण्डमा फागुन ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ । आइपीओ माघ २७ गतेसम्म सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

 

 

 

 

प्रकाशित : 5 February, 2021

प्रतिक्रिया दिनुहोस्