मनाङमा हिमपात, तापक्रम माइनसमा
सहयात्रा टिभी
काठमाडोैं । माघ २३, हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीसेल्सियस पुगेसगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामे लगायतका ठाउँमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । मनाङमा यसअघि पुस २१ गते माथिल्लो क्षेत्रमा हिमपात भए पनि चामेमा भने यो वर्ष पहिलो पटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । चिसोका कारण मानिसको चहपहल घटेको छ ।