बिरामीलाई घरमा नै औषधि उपलब्ध हुने

सहयात्रा टिभी

काठमाडोैं । माघ २३, नियमित औषधि सेवन गरिरहेकाहरूलाई औषधि सकिएर किन्न जान पाइएन भन्ने चिन्ता हटेको छ । अब यस्ता बिरामीलाई घरमा नै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा कम्पनीले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमा नै पु–याउने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाभित्र मात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य सहरमा पु–याउने कम्पनीको लक्ष्य रहेको छ ।

अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेसक्रिप्सन अनुसारका औषधि घरमा नै पु–याउने व्यवस्था मिलाएको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइट (www.hamropharma.com) मा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सब्मिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ । यसरी सेन्ड गरेको ४८ घण्टाभित्रमा नै उपभोक्ताको घरमा औषधि डेलिभरी हुनेछ भने यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउने बताईएको छ ।

 

प्रकाशित : 5 February, 2021

प्रतिक्रिया दिनुहोस्