गुगलले अस्ट्रेलियाका मिडियाहरुलाई रकम दिने नयाँ प्लेटफर्म : ‘न्युज शोकेस’

सहयात्रा टिभी

काठमाडौं । माघ २५, गुगलले अस्ट्रेलियाका मिडियाहरुलाई रकम दिने नयाँ प्लेटफर्म ‘न्युज शोकेस’ तयार पारेर सार्वजनिक गरेको छ । यसअघि अस्ट्रेलिया सरकारले मिडियाहरुलाई रकम तिर्नुपर्ने बारेमा ल्याउन लागेको कानूनको विरोधमा गुगल रहेको थियो ।

अस्ट्रेलिया सरकारले बाध्यकारी कानून ल्याउँदै गर्दा गुगल र फेसबुकले समाचार सामाग्रीहरुको लागि रकम भुक्तानी गर्न तयार भएका हुन् । गुगलको न्युज शोकेस यसअघि गुगलको ब्राजिल र जर्मनीमा मात्र प्रस्तुत गरेको थियो । गत महिना गुगलका अस्ट्रेलिया तथा न्युजिल्याण्डका प्रबन्ध निर्देशक मेल सिल्भाले एक संसदीय सुनुवाईको क्रममा प्रस्तावित कानून आएमा आफूहरुले अस्ट्रेलिया छोड्नुको विकल्प नरहेको बताएका थिए । गुगलले आगामी दिनमा थप मिडियाहरुसँग पनि सम्झौता गर्ने भनी बताईएको छ ।

प्रकाशित : 7 February, 2021

प्रतिक्रिया दिनुहोस्