उत्तर भारतको हिमनदीमा बाँध भत्कँदा, दर्जनौँ वेपत्ता
सहयात्रा टिभी
काठमाडौं । माघ २५, उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ वेपत्ता भएको र दुईजनाको शव बरामद भइसकेको छ। उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको बताइएको छ।अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन्। हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको जानकारीमा आएको छ।