बुद्ध एयरको दैनिक उडान १ सय
सहयात्रा टिभी
काठमाडौं । माघ २६, नयाँ जहाज थपेसँगै बुद्ध एयरले बजार विस्तार सुरु गरेको छ । सोही रणनीति अनुसार अब बुद्धले मूख्य गन्तब्यमा साविकको तुलनामा दैनिक एक–एक उडान थप गरेको बताईएको छ । कम्पनीका अनुसार विराटनगर, भैरहवा र जनकपुरबाट अब एकाबिहानै उडान भर्ने कार्यतालिका बनाइएको छ ।
सोमबार कोरोना महामारीयताकै सबैभन्दा धेरै दैनिक करिब ६ हजार यात्रु बोकेको बुद्धसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरि १४ जहाज छन् । बुद्धसँग अब १४ वटा जहाज पुगेका छन् । बुद्ध एयरले अब पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान गरिने भएको छ ।