आगलागीबाट ९ लाख क्षति

सहयात्रा टिभी

काठमाडौं। माघ २६, रामपुर, रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा आगलागी हुँदा आज ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान करीब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो ।

आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको बताईएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको रहेको छ ।

 

 

 

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्