मेगा बैंकको सेवा ‘मेगा रेमिट’ अब जोर्डनमा

सहयात्रा टिभी

काठमाडौं । माघ २७, जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता मार्फत मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ ।

जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् । अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले बताएको छ ।

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्