आज वित्त समूहका लगानीकर्ताको कमाई र लघुवित्तका लगानीकर्ताहरुको गुमाई

सहयात्रा टिभी

काठमाडौं । माघ २७, मंगलवार टिएमएसको समस्याबाट प्रभावित भएको बजार २९ दशमलव ०१ अंकले घटेको छ । दोहोरो अंकले बजारमा १३८ कम्पनीको शेयरमूल्य घटेको छ भने ४७ कम्पनीको शेयरमूल्य बढेको बताईएको छ । यस दिन तीन कम्पनीको शेयरमूल्य सर्वाधिक ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको भने तीन कम्पनीको सर्वाधिक ५ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको पाईएको छ ।

मंगलवार वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १ प्रतिशत बढेको छ भने लघुवित्तको परिसूचक सर्वाधिक २ दशमलव ७८ प्रतिशतले घटेको छ । गुडवील फाइनान्सको ९ दशमलव ९२ प्रतिशतले बढेर अन्तिम मूल्य रू २८८, श्री इन्भेष्टमेण्ट फाइनान्सको ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य रू २५० र समृद्धि फाइनान्सको ९ दशमलव ५२ प्रतिशत बढेर अन्तिम मूल्य रू १८४ पुगेको हो । लघुवित्त समूहले सर्वाधिक गुमाएको दिन सपोर्ट माइक्रोफाइनान्स , निर्धन उत्थान र माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । सपोर्ट माइक्रोफाइनान्सको ५ दशमलव ८२ प्रतिशतले घटेर अन्तिम मूल्य रू २ हजार ३९७, निर्धन उत्थान लघुवित्तको ५ दशमलव ८१ प्रतिशत घटेर अन्तिम मूल्य रू १ हजार ५३९ र माउण्टेन इनर्जीको ५ दशमलव १९ प्रतिशत घटेर अन्तिम मूल्य रू ६४० कायम रहेको छ ।

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्