केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवनिर्वाचित भारतीय राष्ट्रपति कोविंदले लिए सपथ

सहयात्रा टिभी

एजेन्सी । नवनिर्वाचित भारतको राष्ट्रपति रामनाथ कोविंदले सपथ लिएका छन् । राष्ट्रपति कोविंदले भारतको १४ औं राष्ट्रपतिको रुपमा सपथ लिएका हुन् । नवनिर्वाचित राष्ट्रपति कोविंद राजघाट पुगेर महात्मा गान्धीको समाधीमा श्रदाञ्जली दिई राष्ट्रपति भवन पुगेका थिए ।

नवनिर्वाचित भारतको राष्ट्रपति कोविंदको सपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रतिभा पाटिल, कांग्रेस अध्यक्ष सोनिया गान्धी, बिहारका मुख्य मन्त्री नीतीश कुमार लगायतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति भएका थिए ।

 

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्