विवाह अघि प्रियंका चोपडाले गरिन् निकको जासुसी

सहयात्रा टिभी

काठमाडौं । माघ २८, नायिका प्रियंका चोपडा र निक जोनसको जोडी संसारभरी रचाइन्छ । उनीहरु एक यस्ता जोडी हुन जो सधैं आफ्नो केमेस्ट्रीमार्फत् सबैको मन जित्न सफल हुन्छन् ।

एक अन्तरवार्तामा प्रियंकाले यसबारे जानकारी दिँदै भनेकी छिन् । एकपटक निक उनकी आमासँग लञ्चमा गएका थिए । त्यतिबेला प्रियंका र निकको प्रेम सम्बन्ध बसेको केही महिना मात्रै बितेको थियो । त्यतिबेला निकले पनि प्रियंकाको परिवारलाई खासै राम्रोसँग चिन्दैनथे । यस्तोमा निक एक्लै आमासँग लञ्चमा जानु प्रियंकालाई खासै चित्त बुझिरहेको थिएन । त्यसैकारण निकमाथि निगरानी राख्नका लागि प्रियंकाले आफ्ना सेक्युरिटी गार्ड उनको पिछा गर्न अह्राइन् र तस्बिर खिच्न पनि आदेश दिइन् । यी दुई के गर्छन् भन्ने कुरा प्रियंका थाहा पाउन चाहन्थिन् ।

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्