पोर्चुगलमा बिरामी भई अलपत्र परेका रवीन्द्रलाई एनआरएनएको सहयोगमा स्वदेश फिर्ता
सहयात्रा टिभी
काठमाडौं । माघ २९, चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका काभ्रेपलाञ्चोकका ३१ वर्षीय गौतम अल्सर र मानसिक समस्याबाट पीडित भएपछि गैरआवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा बुधबार नेपाल पठाइएको हो ।
केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिए । सङ्घका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए ।