केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसअघि ४ खेल जितेको नेपाल पाँचौं तथा अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित

सहयात्रा टिभी

काठमाडौं । यु–१९ वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँँग पराजित भएको छ । सिंगापुरमा भएको खेलमा यसअघि भएका पाँच खेलमा चार खेल जितेको नेपालले आफ्नो अन्तिम खेलको प्रतिष्पर्धामा अफगानिस्तानसंग ९६ रनले पराजित भएको हो । सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्ताले नेपाललाई १९६ रनको विजय लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भयो ।

अन्य खेल जस्तै नेपालको ब्याटिङ आज पनि चल्न सकेन, दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे । सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए । टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्