मौद्रिक नीतिको समीक्षा आगामी साता

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि त्रैमासिक रुपमा गर्दै आएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने भएको छ । पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले खासै नयाँ नीतिहरु ल्याएन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ आउँछ भन्ने सरोकारवालाहरुको अपेक्षा रहेको छ ।

मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) मा केहि कडाइको नीति लिने राष्ट्र बैंकको तयारी छ । त्रैमासिक समीक्षामा नै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्ने उल्लेख गरेको थियो । सेयर लगानीकर्ताहरुले विरोध गरेपछि राष्ट्र बैंकले केही गरेन । यस पटक भने मार्जिन लेन्डिङको सीमा घटाउने तयारीमा राष्ट्र बैंक रहेको छ । उता लघुवित्तहरुको लाभांशमा गरिएको कडाइ भने केहि फुकुवा गर्ने विषयमा पनि छलफल भइरहेको राष्ट्र बैंक बताउँछ । अहिले लघुवित्तहरुले २० प्रतिशत भन्दा बढी लाभांश दिने भए ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

 

 

 

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्