न्युजिल्याण्डमा लकडाउन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०२, न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले आइतबार त्यहाँको सबैभन्दा ठूलो सहर अकल्याण्डमा तीनदिने लकडाउनको घोषणा गरेकी हुन् । सोमबारदेखि लागू हुने यो लकडाउन बुधबारसम्म रहनेछ ।

जनवरी अन्तिमयता न्युजिल्याण्डमा कोरोनाका स्थानीय संक्रमित फेला परेका थिएनन् । आइतबार विदेशबाट फर्किएका र क्वारेन्टिन अवधि पूरा गरेका मानिसको परीक्षणमा कोरोना पोजेटिभ पाइएको बताईएको छ । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले अहिले पोजेटिभ पाइएका कोरोना संक्रमितको स्वाबमा थप परीक्षण भइरहेको जानकारी दिनुभएको छ । उनीहरुमा देखिएको संक्रमण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) हो वा होइन भन्ने पत्ता लगाउन थप परीक्षण गरिएको हो ।

प्रकाशित : 14 February, 2021

प्रतिक्रिया दिनुहोस्