२ करोड अनुदानमा कर्णालीका गाउँमा सौर्य ऊर्जा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले माथिल्लो कर्णालीका पाँच स्थानीय तहका दुर्गम गाउँबस्ती झिलिमिली बनाउन साढे २ करोड अनुदान दिएको हो । हाल जुम्लाका दुई गाउँबस्तीसहित कर्णालीका पाँच स्थानीय तहमा सौर्य ऊर्जा जडान कार्य भइरहेको छ । केन्द्रको करिब २ करोड ४८ लाख अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य ऊर्जा उत्पादन हुनेगरी काम अघि बढेको हो । कर्णालीका पाँच स्थानीय तहका पाँच वटा दुर्गम गाउँबस्ती अबको तीन महिनापछि झिलिमिली हुँदैछन् । पाँच गाउँका करिब एक हजार बढी घरधुरीका ५ हजार जनसंख्या प्रत्यक्ष उज्यालोको पहुँचमा पुग्ने अनुमान रहेको छ ।

सौर्य विद्युत् प्रणाली जडानका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने जुम्ला गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुने उनको भनाइ रहेको छ ।

 

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्