आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
समय केहि प्रतिकुल रहन सक्ने हुँदा कम गर्दा अत्यन्तै ध्यान पु¥याउनु पर्नेछ । मनको डरले सताउन सक्ला । गोपनियतामा ध्यान दिनुहोला । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । प्रेम सम्बन्धमा केहि असमझदारी देखिए पनि नकारात्मक प्रभाव भने नपर्ला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
समय अनुकुल रहनेछ । सोचेको काम पुरा गर्न सकिएला । अध्ययनमा मन जानेछ भने प्रगति समेत हुने देखिएको छ । पारिवारिक असमझदारीका कारण मनमा भने खिन्नता उत्पन्न हुन सक्छ । पुराना साथीभाईहरुसँग भट हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
टाढाका साथीभाईहरुसँगको भेटले मनमा हर्ष जाग्नेछ । सोचेको काम मेहनेतले पुरा गर्न सकिनेछ । धार्मिक काममा मन जाला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति अनुकुल रहने हुँदा रोकिएका काम पनि पुरा हुनेछन् । शुभचिन्तकहरुबाट पूर्णरुपमा साथ र सहयोग पाइनेछ । आम्दानिमा वृद्धि होला । नयाँ साथी बनाउन सकिनेछ । सोचेको काम पुरा हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या देखिन सक्छ । नसोचेको धन लाभ हुने हुँदा मनमा हर्ष जाग्नेछ । परिवारलाई समय दिन सकिएला । टाढाका आफन्तहरुसँग भेट हुनेछ । प्रेम प्रस्ताव आउनुका साथै मन परेको मानिससँग नजिक हुन सकिएला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायका तर्फबाट रमाइलो टाढाको यात्रा गर्न पाइनेछ । आम्दानिमा वृद्धि हुनुको साथै जिम्मेवारी पनि बढ्नेछ । सन्तानको प्रगतिमा रमाउने अवसर छ । मन परेको मानिससँग नजिक हुन सकिनेछ । धार्मिक काममा मन जाला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार र चुनौति उतिकै मात्रामा थपिनेछन् । दिगो फाइदा हुने काममा संलग्न हुन सकिएला । अध्ययनमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । प्रिय व्यत्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिक्षा गरिएको नतिजा सकारात्मक रहनेछ । सोचेको काम सजिलै पुरा गर्न सकिनेछ । दाजुभाई तथा दिदिबहिनीहरुको सहयोगले लक्ष्यसम्म पुग्न कठिनाइ नहोला । मिष्ठान्न भोजनको योग छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साझेदारीको काममा केहि बाधा देखिन सक्छ । अध्ययनमा भने समय दिन नसकिएला । आफन्तहरुबाट धोका हुन सक्छ, सचेत रहनुहोला । यात्रा गर्ने अवसर जुट्नेछ । मिष्ठान्न भोजनको योग छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो समयपछि पुराना साथीहरुसँग भेट हुनेछ । शिर्जनात्मक कामबाट समाजमा प्रतिष्ठा वृद्धि हुनेछ । लामो दुरीको यात्रा गर्नुपर्ला । महिला मित्रबाट पाइने सहयोग अमुल्य रहनेछ । मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवन सुखमय रहनेछ । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय रहला । साचेको काममा केहि बाधा देखिएपनि मेहनेतले पुरा गर्न सकिनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । प्रियजनको सहयोग पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोचेको काम रोकिन सक्नेछ । शुभचिन्तकहरु टाढिनाले मनमा दुख लाग्न सक्छ । रमाइलो यात्राका विच नयाँ साथी बनाउन सकिनेछ । धन लाभ हुनेछ । अध्ययनमा समय दिन नसके पनि नतिजा भने सकारात्मक नै रहनेछ ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्