महिलालाई श्रीलंकामा लगी विक्री गर्ने प्याकुरेल पक्राउ
काठमाडौं । फाल्गुन ०४, ५९ वर्षीया महिलालाई विभिन्न प्रलोभन देखाई श्रीलंका पुर्यार्ई विक्री गर्ने काठमाडौंकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । दुबईमा व्युटी पार्लरमा काम लगाई दिने र मासिक ३५ हजार कमाई हुने भन्दै प्रलोभन देखाएर श्रीलंका पुर्याई विक्री गरेको प्रहरीले बताएको छ ।
प्याकुरेललाई प्रहरीले पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट प्रथम पटक दिन ५ को म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जनाएको छ । उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारवाही हुने प्रहरी उपरिक्षक अनुराग कुमार द्विबेदी जनाकारी दिएका छन् । जिल्ला नुवाकोट साबिक उर्लेनी गाविस ५ हाल परिवर्तित तादी गाउपालिका १ जन्मस्थान भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका ३ महाराजगंज बस्ने भिम बहादुर प्याकुरेलकी छोरी जगत प्रजापतिकी श्रीमती बर्ष ४६ की कमला भेटवाल भन्ने पाकिजा प्याकुरेलले भारतको दिल्ली, मुम्वाई हुदै श्रीलंकामा पुर्याई मिनुवाङगोडा भन्ने ठाउंमा बन्धक बनाई राखेका थिए ।