खुलामञ्चलाई खुला गर्ने अभियान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान सुरु गरेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको बताईएको छ ।

‘वीर अस्पताल र दरवार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ, ।’काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताउनु भयो ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०, दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिए । ‘हामीले हिजोसम्म खाली गर्न तीन निकायलाई भनेका थियौँ,’ सापकोटाले भने, ‘उहाँहरुलाई ठेकेदार कम्पनीलाई पनि उहाँहरुका सामग्री हटाउन आग्रह गर्नु भनेका थियौँ । आज हामीले हटाउन सुरु गर्यौँ ।’

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्