उत्तर कोरियाका नेता किम जोङउनकी पत्नी रि सोलजु १ वर्षपछि सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०५, उत्तर कोरियाका नेता किम जोङउनकी पत्नी रि सोलजु १ वर्षभन्दा बढी समयपछि पहिलो पटक सरकारी संचार माध्यममा देखा परेकी छिन। उनि आज उनका पतिको साथमा उत्तरकोरियाकै ठूलो पर्व मानिएको किमका पिता किमजोङ ईलको जन्म जयन्तीका अवसरमा आयोजित सांगितिक कन्सर्टमा सार्वजनिक भएकी हुन।
गत वर्ष नयाँ वर्षको विदामा आयोजित कार्यक्रममा यी दम्पति साथमा देखिएका थिए। पत्नी रि स्वास्थ्य अवस्थाका साथै गर्भवती भएकीले सार्वजनिक कार्यक्रममा उपस्थित नभएको हुन सक्ने अनुमान गरिएको छ। तर उत्तर कोरियाको राष्ट्रिय गुप्तचर सेवाले त्यँहाको संसदलाई कोरोना भाईरसको जोखिमबाट बच्न उनि बाहिरि गतिविधिमा सरिक नभएको तर उनि आफ्ना केटाकेटीहरुसाथ रहेको जानकारी गराएको छ।