म्याग्दीमा सुरू भयो प्रथम चौरी महोत्सव

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौरी महोत्सव सुरू भएको छ। राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रवर्द्धन समिति पाउद्वारले आयोजना गरेको सो महोत्सव छ दिनसम्म सञ्चालन हुनेछ।

‘पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौं । कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ।’ समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए।

श हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो। स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हुन्। राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको बताए। यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि रु नौ लाख ३५ हजार विनियोजन भएको छ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्