ग्रीन लाइफहाइड्रोको आईपीओ बाँडफाँट

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो भने योग्य आवेदकमध्य ३ लाख २५ हजार १६५ जनाले कम्पनीको शेयर हात पारेका छन् । विक्री प्रबन्धकका अनुसार पहिलो चरणमा सबै आवेदकलाई १० कित्ताका दरले ३ लाख २५ हजार १६५ जनालाई बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर २ जनाले एक एक कित्ताका दरले बाँडफाँट गरिएको हो ।

कम्पनीले आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ८० करोड पुगेको छ । यस कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९७१ जनाको २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । जुन मागभन्दा करिब ७ गुणा बढी थियो । कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियोे ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्